मनोरंजन

‘मिठो संसार’ सार्वजनिक

काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ ।

जयन जे बाइवाको शब्द, सङ्गीत रहेको गीतमा स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतका कलाकार देखिनुभएको छ । चलचित्रका लेखक तथा निर्देशक यम थापाले गीतमा आमा र छोरीबिचको प्रेम देखाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्