राजनीति

इलाम १: कांग्रेसका उम्मेदवार निश्कल राई विजयी

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ ।

सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष  पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत हुनुहन्छ । राई नेपाली काङ्ग्रेसको  इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नु भएका राई पूर्वक्षेत्रीय सहसचिवसमेत हुनुहुन्थ्यो ।

शङ्करदेव क्याम्पस, काठमाडौँमा लामो समय अध्यापन गराउनु भएका  राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।

निकटतम प्रतिस्पर्धी  श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२मत प्राप्त गर्नु भयो  भएको छ ।

एमालेका उम्मेदवार काजीमान कागते ११ हजार ९६६मत प्राप्त गरी तेस्रो हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिष्ट पार्टीका  उम्मेदवार रण बहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्नु भयो । यहाँ खसेको मत ६३ हजार  ९५७ रहेको छ । बदर मत ४ हजार ५६६ रहेको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्