डायस्पोरा

एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन  गरिएको छ। 

संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि  निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन फागुन ३० देखि चैतमा सम्पन्न गरिने संघले जनाएको छ।

एनआरएनएको १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।  निर्वाचनले संघको आगामी दुई वर्षको नेतृत्व तय गर्नेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्