मनोरंजन

‘सबले भन्छन् जिन्दगी त…’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतको अभिनय छ ।

यो गीत सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले कोरियोग्राफी गर्नुभएको गीतमा प्रेमसम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्म्स टिमको छ ।

रामेश्वर हुमागाईंले खिचेको चलचित्रको सम्पादन श्याम रानाले गर्नुभएको हो । विनोद बमको पब्लिसिटी डिजाइन तथा गौतमराज खड्काले कलर ग्रेडिङ गर्नुभएको चलचित्रको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्