खेलकुद

साफ महिला फुटसल : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले हरायो । हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ ।

बङ्गलादेशको जितमा सविना खातुन, कृष्ण रानी सरकार र लिपी अख्तरले गोल गर्नुभयो । नेपाल यसअघि भारतसँग ८–१ गोलले पराजित भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्