राजनीति

प्रचण्ड आज नयाँदिल्ली जाँदै, एकता सन्देश सभालाई सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

नेकपाको प्रवासी सङ्गठन नेपाली समाज भारतको आयोजनामा हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”लाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ। कार्यक्रम भोलि (सोमबार) दिउँसो १ बजे लाजपत नगरस्थित लाजपत भवन अडिटोरियममा आयोजना हुने तय भएको छ।

कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली समाज भारतका अनुसार कार्यक्रमको उद्देश्य भारतमा रहेका नेपालीलाई एकताबद्ध गर्दै आपसी सद्भाव र सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु हो।

प्रचण्डले सन्देश सभालाई सम्बोधन गरेपछि भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.