एक्सक्लुसीभ

एनपीएलः सुदूरपश्चिमको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा  सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।  पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । 

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनमा समेटिएको हो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गर्नुभयो।यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउनुभयो।

पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गर्नुभयो।पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुईरदुई विकेट लिनुभयो।

जवाफी ब्याटिङ गरेको पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउनुभयो।३२ बल खेल्दै समाचार चारचार चौका र छक्काको मद्दतमा ५३ रन बनाउनुभयो।जिमी निशमले २५ बलमा पाँच छक्का र दुई चौकासहित ४७ रन बनाउँदा डान डाउथवेटले आक्रामक ब्याटिङ गर्र्दै मात्र १६ बल खेलेर पाँच छक्का र एक चौकासहित ३७ रन बनाउनुभयो।

पोखरालाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि हरमित सिंहले दुई विकेट हात पर्नुभयो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो।  यो जितसँगै सुदूरपश्चिम चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेलमा पराजित भएको हो।पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो।एनपिएलमा शनिबार दुई खेल हुँदैछन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्