राजनीति

२८ लाख रूपैयाँ धरौटीमा रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । राजावादी प्रदर्शन लगत्तै भारतको सिलुगढ़ीबाट नेपाल प्रहरीले पक्राउ गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालतमा २८ लाख रूपैयाँ धरौटी जमानीमा रिहा भएका छन्। डिल्लीबजार कारागार प्रशासनले मेडिकल व्यवसायी प्रसाईंलाई सोमबार राती रिहा गरेको हो ।

गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उनी निर्दोष छन् भन्ने यकिन नभए पनि क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्