नेपाल

हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार आज बुधबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि बिहीबार देशभर साधारणतया बादल लाग्नेछ भने पर्सी शुक्रबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ । भोलि र पर्सी हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

भोलि दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

पर्सी हिमाली र पहाडी भूभाग तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्