इमिग्रेशन अपडेट

स्पेनद्वारा आप्रवासीहरूलाई आममाफी दिने प्रक्रिया जारी, दक्षिणपन्थीहरूको कडा आलोचना

दिनेश गिरि, बार्सिलोना । स्पेनमा हाल कागजात नभएका आप्रवासीहरूको सामूहिक आममाफी प्रक्रिया जारी रहेकोछ। प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी सरकारले आफ्नो बढ्दो अर्थतन्त्रलाई आधार बनाउन खुल्ला आप्रवासन नीति अबलम्बन गरेको हो। यद्यपि, स्पेनको यो योजनालाई यूरोपेली संघका सदस्य राष्ट्रहरुले चुनौती दिएका छन् । स्पेन भित्र र यूरोपमा अति दक्षिणपन्थीहरूबाट यसले कडा आलोचनाको सामना गरिरहेको छ ।

स्पेनमा कागजात नभएका आप्रवासीहरूले जुन ३० सम्म अस्थायी बसोबास अनुमतिको लागि अनुरोध दर्ता गर्न सक्छन्। कम्तिमा पांच लाख मानिसहरू यस योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

विश्लेषकहरु यो ऐतिहासिक आममाफीले स्पेनमा लाखौं आप्रवासीहरूको जीवनलाई कस्तो प्रभाव पार्छ भन्ने बारे यूरोपमा आलोचनात्मक मत रहेपनि दक्षिणपन्थीहरु भने सरकारको यो उदार पहलले स्पेनी समाजलाई विभाजित गर्ने र विदेशी नागरिकहरू हाल सक्रिय जनसंख्याको १५ प्रतिशतभन्दा बढी रहेकोले यो संख्या थपिदै जादा चुनौतिहरु थपिने व्याख्या गरिरहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्