राजनीति

सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत गरेको छ ।

सभाको बुधवारको बैठकमा सैद्धान्तिक छलफल भएको विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव आज सभाको सर्वसम्मति स्वीकृत गरेको हो ।

विधेयकमाथि संशोधन हाल्न चाहने सांसदहरूले सङ्घीय संसद् सचिवालय, प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भदौ ४ गतेको बैठकमा हुने जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न चाहने सांसदहरूले भदौ १ गते आइतबार दिउसो १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्ना प्रश्नहरू दिन सक्ने जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते बुधवार दिउसो १ बजे बस्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्