नेपाल

सुरक्षा परिषद्को बैठक : सुरक्षा अवस्थासम्बन्धमा विस्तृत छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै सुरक्षा निकायका प्रमुख अधिकारीहरू र सम्बन्धित उच्च अधिकारीको सहभागिता रहेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्