एक्सक्लुसीभ

साहको नाम कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कालोसूचीमा राख्न निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “कर्जा सूचना केन्द्र लिमिटेड पत्रबाट देखिएका सन्दर्भमा रिट निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णयको औचित्य पनि नहुने भएकाले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दा ठहरेबमोजिम हुने नै हुँदा हाल निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णय, सो कामकारबाही कार्यान्वयन नगर्नु, नगराउनु ।”

साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेको उल्लेख गर्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्