नेपाल

सशस्त्र प्रहरीद्वारा बागमती नदीमा फसेका १४ जनाको उद्धार

रौतहट । सशस्त्र प्रहरीले बागमती नदीमा फसेका १४ जनाको उद्धार गरेको छ । 

सशस्त्र प्रहरीले दुर्गा भगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका १४ जनाका सकुशल उद्धार गरेको हो ।

आज अपराह्न मुँगको दाल टिपेर घर फर्कने क्रममा अचानक बागमती नदीमा पानीको बहाव बढेपछि ११ जना महिला र तीन बालिका नदीको बीच भागमा फसेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट टोलीसहित १७ सदस्यीय उद्धार टोली रबर बोटसहित घटनास्थलतर्फ परिचालन गरिएको थियो । 

उद्धार टोलीले साँझ ५ बजे रबर बोटमार्फत नदीको बीचमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नदीमा अचानक पानीको बहाव बढ्दा उनीहरू फसेका थिए । समयमै उद्धार टोली परिचालन गरिएकाले सबैलाई सुरक्षित रुपमा घर फर्काउन सफल भएको अधिकारीलेले बताउनुभयो । 

उद्धार कार्यमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीसमेत खटिएको थियो । 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्