राजनीति

‘सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन’

सिन्धुपाल्चोक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ ।

सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एक ढिक्का भएर एकताको आधारमा सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आव्हान गर्नुभयो । महासचिव पोखरेलले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्ने बताउँदै “विकसित देशहरूमा समेत ७० वर्ष माथिका नेताले नेतृत्व गरिरहेकाले यसलाई कमजोरीको रूपमा नलिनुपर्ने” बताउनुभयो ।

एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक आयोजना गरिएको हो । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहको एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरूको सहभागिता रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्