एक्सक्लुसीभ

सभापति शेरबहादुर देउवाको प्रस्तावमा काँग्रेस महाधिवेशन पुस २६ देखि २९ सम्म

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको काँग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्माणार्थ पेस हुन लागेको स्रोतको दाबी छ । कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने गरी समझदारी भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्