एक्सक्लुसीभ

‘सदन प्रतिपक्षको हो, जनताको अभिमत अनुसार काम हुन्छ : सभामुख अर्याल 

काठमाडौँ । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सभामुख अर्यालले सदनमा प्रतिपक्षको आवाजलाई यथोचित स्थान दिन आफूले सधैँ भूमिका खेल्ने बताउनुभयो ।

यस पटकको निर्वाचन अन्य समयको भन्दा नितान्त भिन्न भएको उल्लेख गर्नुहुँदै सभामुख अर्यालले अहिलेको सबैभन्दा बलियो प्रतिपक्ष भनेको नेपाली जनता नै भएकाले जनताको अभिमत अनुसार सदनले काम गर्ने पनि बताउनुभयो ।

सभामुख अर्यालले कानून निर्माण गर्ने मुख्य कार्यभार पुरा गर्नेगरी सदनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु आफ्नो अहिले प्राथमिकता रहेको पनि बताउनुभयो ।

यसअघि नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्