एक्सक्लुसीभ

विश्वविद्यालयबाट दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग साढे ३ घण्टासम्म समसामयिक विषयमा भएको छलफलमा प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने भन्नुहुँदै दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभयो ।

छलफलमा उपकुलपतिहरूले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता सङ्गठन हटाउन पहल भइरहेको बताउनुभएको थियो । सो अवसरमा उपकुलपतिहरूले जग्गा प्राप्ति, जनशक्ति र स्रोतसाधनको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले यी सबै समस्या समाधान हुने गरी सरकारले काम सुरु गरिसकेको पनि जनाकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्