एक्सक्लुसीभ

विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमाले सचिवालय बैठकको निर्णय

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी  बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजनका बारेमा छलफल भएको थियो ।

पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो ।

बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्