राजनीति

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ ।

व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उहाँले नागरिक उन्मुक्ति पार्टीबाट आज अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गर्नुभएको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुश्मनी नरहेको जिकिर गर्दै उहाँले व्यक्तिगत रूपमा अल्मलिनुभन्दा बाटो बदलेको बताउनुभयो ।

आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उहाँले आजको दिनबाट नयाँ दल र सङ्गठन निर्माणमा जुट्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्