डायस्पोरा

राहदानी शिविरमा सेवा लिन लस-एन्जलसका नेपाली समुदायलाई आग्रह

लस-एन्जलस। अवैतनिक वाणिज्यदुत ऋषि पुनाखर ढकालको पहलमा सान फ्रान्सिस्को स्थित नेपाली वाणिज्य दुतावासले दक्षिण क्यालिफोर्नियाका नेपालीहरुका आगामी साता नेपालमा व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रम र राहदानी शिविर संचालन गर्ने भएको छ।

अवैतनिक वाणिज्यदुत ऋषि पुनाखर ढकालका अनुसार मार्च २८ गते स्थानिय श्री पशुपतिनाथ बुद्ध मन्दिरमा राहदानी शिविर संचालन हुनेछ।

राहदानीको म्याद सकिएका र अधिकृत वारेसनामा लगायतको कागजातको सेवा आवस्यक भएका सेवाग्रहीलाई श्री पशुपतिनाथ बुद्ध मन्दिरमा संचलान हुने राहदानी शिविर अगावै अनलाइन मार्फत आफ्नो स्थान शुरक्षित गर्न सान फ्रान्सिस्को स्थित नेपाली वाणिज्य दुतावासले आग्रह गरेको छ ।

यसैगरी राहदानी शिविरमा राहदानी र अन्य कागजातको लागि डेबिट-क्रेडिट भुक्तानीको ब्यबस्था नरहेको हुँदा अमेरिकी हुलाक सेवाबाट लाग्ने शुल्क बराबरको मनी अर्डर र फिर्ती खाम सहित उपस्थित हुन सेवाग्रहीलाई आग्रह गरिएको छ ।

दुतावासका अनुसार नेपालमा व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रम २९ मार्च साँझ: ५:०० बजे देखि राति ९:०० बजेसम्म हनटिङ्ग्टन बीचस्थित हिमालयन ग्रिलमा आयोजना हुने र सहभागी हुन इच्छुक महानुभावहरुले पनि आफ्नो विवरण तल उल्लेखित लिंक मार्फत अनलाइन विवरण समावेस गर्नु पर्नेछ ।

अवैतनिक वाणिज्य दुत ऋषि पुनाखर ढकालले दक्षिण क्यालिफोर्नियाका सेवाग्रहीलाई नेपालमा व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रम र राहदानी शिविरमा हार्दिक आग्रह गरेका छन् ।

राहदानी शिविर:
https://emrtds.nepalpassport.gov.np/
Event Address: 10843 Kenney St, Norwalk, CA 90650
Shree Pashupatinath and Buddha Mandir
Event Date: 28th March 2026: 
Time: 8:00 AM to 5:00 PM
नेपालमा व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रम:
https://docs.google.com/forms/d/e/1FAIpQLSfkHjqNCA5JeSOSWQN7pECY3WB-kP5XSLA7mrCfhvH09edJCg/viewform
Event Date: March 29, 2026
Time: 5:00 PM – 9:00 PM
Event Address: Himalayan Grill
16400 Pacific Coast Hwy, Huntington Beach, CA 92649
About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्