एक्सक्लुसीभ

रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबिच भेटवार्ता

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले भेट गर्नुभएको छ । सत्तारुढ दलका सभापति लामिछानेसँग शनिबार भेटवार्ता भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराउनुभएको हो ।

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।

भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत  बताउनुभएको छ ।

सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेख्नुभएको छ, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’

नेपाल भ्रमणमा आउनुभएका गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरिसक्नु भएको छ ।  फागुन २१ गतेको चुनावपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्