राजनीति

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सारिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सारिने भएको छ ।

हाल रुपन्देही कारागारमा रहेका लामिछानेलाई रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सार्न लागिएको हो ।

यस अघि लामिछानेले कारागार सरुवाको माग गर्दै दिएको दिएको र अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए।

तर, गृह मन्त्री रमेश लेखकको निर्देशनमा लामिछानेको कारागार सरुवा कारागार व्यवस्थापन विभागले रोकेको भन्दै आलोचना भएको थियो ।

रास्वपाका सभापति लामिछाने हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा थुनामा छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्