राजनीति

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौँ । राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।

आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबिचको सहमतिका आधारमा एक, एक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहनुभएको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिनुभयो ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहनुभएको छ ।

यस्तै, पौडेलको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सिना  र रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहनुभएको छ ।

सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताउनुभएको थियो । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्