एक्सक्लुसीभ

राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ।नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदलाई राष्ट्रिय झन्डा ओढाएपछि अन्त्येष्टि गरिएका हो।

सहिदलाई वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा गरिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्