राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ दलद्वारा निवेदन पेस

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ राजनीतिक दलले निवेदन पेस गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि आजसम्म निवेदन पेस गर्ने कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ५६ राजनीतिक दलले निवेदन पेस गरेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगको स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने क्रम १० गतेसम्म रहनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्