खेलकुद

राखेपद्वारा एन्फालाई तीन महिना निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ ।

राखेपले एन्फालाई पटक-पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै खेलकुद विकास नियमावली २०७७ को दवा २९ को (२) बमोजित निलम्बन गरेको उल्लेख गरेको छ ।

राखेपले यसअघि एन्फाको ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो । यस्तै राखेपले मङ्गलबार मात्र स्वीकृतिबिना यही १३ गते गर्न लागिएको एन्फाको निर्वाचन नगर्न पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको थियो ।

तर एन्फाले विधिसम्बत् नै निर्वाचन गरिन लागिएको र निर्वाचन हुने जनाएको थियो । एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फ्टबल महासङ्घ (एएफसी) र राखेपको नियमावलीमा टेकेर निर्वाचन गरिने लागिएको पनि उल्लेख गरेको थियो । राखेपले निलम्बनको कारबाही गरेपनि एन्फाको निर्वाचन चैत १३ गते शुक्रबार झापामा गरिने तय भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्