मनोरंजन

यौनकर्मीको कथामा आधारित ‘लालिमा’को बुकिङ खुला

काठमाडौँ । शुक्रबार अर्थात् फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशभरका चलचित्र घर (हल) ले बिहीबारदेखि बुकिङ खुला गरेका हुन् ।

यस चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी सो (शो) पाएको छ । निर्वाचनपछि प्रदर्शनमा आउन लागेको यो पहिलो नेपाली चलचित्र हो ।

यौनकर्मीको वास्तविक समस्या, पीडा र मानसिकताको कथा समेटिएको यस चलचित्रमा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिकामा हुनुहुन्छ । साथै अभिनेता जीवन भट्टराई, अभिनेत्री उषा रजक र कलाकार शिशिर वाङ्देलको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेल लगायतका कलाकारको समेत अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले चलचित्र वितरणको जिम्मेवारी लिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्