खेलकुद

यु–२० साफ : श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौँ । नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो । नेपालको जितमा  सुवास बमले निर्णायक गोल गर्नुभयो । समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकालेको थियोे । श्रीलङ्काले भने पहिलो हार खेपेको छ । पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–२ गोलले हराएको थियो ।

समूह ‘ए’ मा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलङ्का रहेको छ । अब नेपालले समूहको अन्तिम खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको छ ।  राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्