एक्सक्लुसीभ

मुग्लिन नारायणगढ सडकखण्ड अझै अवरुद्ध : तुइनखोलाको पहिरो हटाउन सुरु

चितवन । शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।

अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि पानी परेकाले काम गर्न कठिन भइराखेको उहाँले जानकारी दिनुभयो ।

‘‘३६ घण्टादेखि अवरुद्ध सडक सञ्चालनका लागि हामीले प्रयास गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्