साहित्य

महासमालोचक वासुदेव त्रिपाठी सहित चार जनालाई नइ प्रज्ञा पुरस्कार

काठमाडौँ । नइ एकेडेमीले चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

महासमालोचक वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, चूडामणि बन्धु र दयाराम श्रेष्ठ लाई जनही ५०/५० हजार रुपियाँसहित उक्त पुरस्कारबाट विभूषित गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्र पसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ ।

महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्