एक्सक्लुसीभ

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ ।

मधेस प्रदेशका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८३/०२/०७ गते देहायअनुसारको कार्यविभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको व्यहोरा उल्लेख छ ।

विज्ञप्तिमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, जङ्गीलाल राय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहरलाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालय, महम्मद समिर बिनाविभागीय मन्त्रालयको जिम्मा तोकिएको उल्लेख छ ।

साथै, प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्