राजनीति

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार  प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। पाँच दलको गठबन्धनको समर्थनमा उहाँलाई मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

लोसपा, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहितको पाँचदलीय गठबन्धनले ५६ जना सांसदको समर्थनसहित सोनारलाई मुख्यमन्त्रीमा दाबी पेश गरेको थियो ।

यसअघि जनमत पार्टी नेतृत्वको सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार प्रदेशसभाको रोष्टमबाटै राजीनामाको घोषणा गर्नुभएको थियो। सिंहले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।

त्यसपछि बुधबार लोसपा नेतृत्वको पाँच दलीय गठबन्धनले दाबी पेस गरेसँगै सोनारलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्