एक्सक्लुसीभ

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेस नेता कृष्ण प्रसाद यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख डा कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको हो ।

त्यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेश सभा सदस्यको समर्थनसहित  प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् । यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले बताउनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्