राजनीति

मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ८:00 बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ। नेकपा एमाले सात स्थानमा विजयी भएको छ र चार स्थानमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता लिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हासिल गरेका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार भने अग्रस्थानमा रहेका छन्।

समानुपातिकतर्फ

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ हालसम्म २३,७४,६२६ मतगणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले १२,०३,१२४ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ४,०४,२३०, नेकपा एमालेले ३,२२,५०१र नेपाली कम्युनिस्ट पार्टीले १,५६,१६६ मत प्राप्त गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्