डायस्पोरा

बिडिए सोकल च्याप्टरको आयोजाननामा मंगलबार ३३ जनाले गरे रक्तदान

लस-एन्जलस । ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाको आयोजनामा मंगलबार लस एन्जलसको डाउन टाउनमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

झन्डै ४५ जना रक्तादाताले रक्तदानको लागि अनलाइन उपस्थिति जनाए पनि ३३ जना रक्त दाताहरुले रक्तदान गरेका हुन् ।

ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टरद्वारा लस एन्जलसको डाउन टाउनस्थित रिवाज बेङ्क्वेटमा आयोजित रक्दान कार्यक्रममा बिडीए सोकल च्याप्टरका अध्यक्ष सम्भु सिवाकोटीको आयोजनामा रक्दातन कार्यक्रम सम्पन्ना भएको थियो ।

रक्दातन कार्यक्रममा बिडीए सोकल च्याप्टरका सदस्यहरुले पनि रक्दान गर्दै कराय्र्कम सफलताको लागि स्वेम्सेवकको भूमिका निर्वाह गरेका थिए ।

सेवा परमो धर्मको मुलमन्त्र सहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई फलफुल पानि, टिशर्ट वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष झमक निरौला, केन्द्रिय सदस्य शारदा श्रेष्ठको उपश्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपश्थिति रहेको थियो ।

स्वेम सेवकका रुपमा रक्तदान कार्यक्रमको संयोजन गर्नु भएकी दिप पनेरु, रमेश श्रेष्ठ, सुधिर थापा लगायतले समुदायको हितमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिने बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्