अमेरिका

बाल यौन शोषण गरेर अमेरिकामा लुकेका बेल्जियमका रोमुलस मिहाइलाई देश फर्काइयो

वासिङ्टन । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (होमल्याण्ड सेक्युरिटी) र अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीको समन्वयमा आफ्नो देशमा बाल यौन शोषणको आरोपमा दोषी ठहरिएका बेल्जियमका फरार रोमुलस मिहाईलाई सुपुर्दगी गरिएको छ । वासिङ्टन, डीसीमा रहेको आईस र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसनले अप्रिलमा मिहाईलाई पक्राउ गरेको थियो । आईसले जुलाई ३१ मा उनलाई बेल्जियमका अधिकारीहरूलाई बुझाएको थियो।

बेल्जियममा बाल यौन अपराधको दोषी ठहरिएपछि, मिहाई आफ्नो जेल सजाय भोग्नबाट बच्न संयुक्त राज्य अमेरिकामा लुकिछिपी बसेका थिए । उनी अप्रिल २०१३ मा भिसा छूट कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गरे र अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गर्दै अध्यागमन प्रक्रियामा निरन्तर लागे। यद्यपि, उनले कहिल्यै आफ्नो आपराधिक इतिहास सार्वजनिक गरेनन्।

युएससीआइएसले उनको प्राकृतिकीकरण आवेदनको निर्णय गर्दा उनको आपराधिक इतिहास पत्ता लगाएको थिएन तर राष्ट्रिय सुरक्षा निर्देशनालयले थप अनुसन्धानको लागि उनको मुद्धा एचएसआईको वाशिंगटन, डिसीलाई हस्तान्तरण गरे पछि ३३ वर्षीय बेल्जियमका फरार रोमुलस मिहाई दोषी रहेको तथ्य पत्ता लगएको थियो । अनुसन्धानमा प्राप्त प्रमाणको आधारमा, मिहाईलाई पक्राउ गरिएको थियो र अध्यागमन कार्यवाहीमा राखिएको थियो। न्याय विभागको एक अध्यागमन न्यायाधीशले उनलाई जुन २६ मा देश निकाला र सुपुर्दगीको आदेश दिएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्