नेपाल

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र परिचालन

काठमाडौं । बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ  । 

सशस्त्रका सह प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार, सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुबान पर्नसक्ने भएकाले उद्धारका लागि सुरक्षाफौज परिचालन भएको हो ।

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा छ । जहाँ पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा मानिन्छ ।

डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज परिचालित भएको हो ।

त्यस्तै, डुबानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्