नेपाल

फोर्स गाडी दुर्घटना दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँची । फोर्स गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ र २४ जना घाइते भएका छन् । 

बुटवलबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी  सन्धिखर्क नगरपालिका–९ टारीमा सोमवार विहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मदाने गाउँपालिका–६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा र गुल्मी मदाने गाउँपालिका–७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल रहेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानकारी दिनुभयो । गाडी अनियन्त्रित भर्ई सडकदेखि करिव ३० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

गम्भीर घाइते गुल्मी मदाने गाउँपालिका वडा नं.६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट लागि अवस्था गम्भीर रहेकाले बुटवलतर्फ रिफर गरिएको छ । २० जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसिले जानकारी दिनुभयो ।

सवारी चालक पनि घाइते रहेको बताइएको छ । गाडीमा चालक सहित २६ जना रहेकोमा ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गाडीमा ८ जना बच्चा रहेको प्रहरीले बताएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्