मनोरंजन

प्रेम गीत ‘झलिको’ सार्वजनिक

काठमाडौँ । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत झलिको सार्वजनिक गर्नुभएको छ । झलिको एक प्रेम गीत हो, जसका शब्दहरूले माया र प्रेम जोडीका भावनाहरूलाई व्यक्त गर्दछन् । यस गीतको गायनमा सापकोटाको साथसाथै मेलिना राई र समीक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा सन्तोष सापकोटाको शब्द रचना छ भने सङ्गीत अर्जुन सापकोटा स्वयंको हो। कृष्ण रेउलेको थेगो रहेको गीतको सङ्गीत संयोजन एचबिएन किस्मतले गर्नुभएको हो ।

गीतको भिडिओमा परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। गीतको भिडियाेमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य रहेको छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको पनि अभिनय देख्न सकिन्छ।

भिडियाेको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् भने निर्देशन विशालले गर्नुभएको छ  । गायक अर्जुन सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गर्नुभएको हो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्