मनोरंजन

प्रेमराजा महतको नयाँ प्रस्तुति : मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

काठमाडौँ। लोकगायक प्रेमराजा महतको शब्द, सङ्गीत र स्वरमा तनहुँको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक गीतको शब्द र सङ्गीत प्रेमराजा महतको रहेको छ । स्वरमा भने उहाँलाई अन्य कलाकारले समेत साथ दिएका छन् ।

सङ्गीत संयोजनमा बिबी अनुरागीले मिहिनेत गर्नुभएको छ भने ध्वनि मिश्रण श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा ध्वनि रेकर्डिङ भएको गीतको दृश्य सम्पादन मिराज अर्यालले गर्नुभएको हो । छायाङ्कनमा मानकृष्ण महर्जन र सुवास महर्जनले मिहिनेत गरेको भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो ।

गीतको परिकल्पना गायक महतको हो भने नृत्य निर्देशन एकिन्द्र साराशङ्करले गर्नुभएको छ । म्युजिक भिडियोमा गायक महत, चाहना रानामगरसँगै एकिन्द्र साराशङ्कर, प्रसिद्ध कटिला, अञ्जन थापा, प्रताप राना, नरेन्द्र थापा, हिमालजङ्ग भण्डारीले अभिनय गर्नुभएको छ ।

निर्मल न्यौपाने निर्माण व्यवस्थापन गर्नुभएको गीतको निर्माता ग्रेटर बाल्टिमोर होमकेयर एन्ड डेकेयर सेन्टर, अमेरिका रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्