मनोरंजन

प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ नयाँ गीत सार्वजनिक

काठमाडौँ । लोकगायक प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ। तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको छायांकन श्याम तामाङले गर्नुभएको हो।

रानी मुना कार्कीले निर्माण गरेको भिडियोमा नायिका अञ्जली अधिकारी र गायक महत स्वयम्ले अभिनय गर्नुभएको  छ। गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनइको धुन सुन्न सकिन्छ।

शब्द र संगीत गायक महतकै रहेको गीत बिहीबार उहाँकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्