एक्सक्लुसीभ

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो, ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उहाँको भनाइ छ ।

सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गर्नुभएको छ । असहज परिस्थितिलाई सामान्यिकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उहाँको भनाइ छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्