खेलकुद

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपिएफ र गण्डकीलाई सफलता

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् ।

जनकपुरमा शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्यो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले हरायो ।

जितका लागि कर्णालीले दिएको एक सय आठ रनको लक्ष्इ पछ्याएको एपिएफले १२ ओभरमा बिनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

एपिएफको जितमा ओपनर आसिफ शेखले अविजित ६५ रन लबनाउनुभयो । उहाँले ३८ बलम १२ चौका र एक छक्का हान्नुभएको थियो । दिपक बोहोराले अविजित ४२ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कणार्लीले ३६ ओभरमा सबै विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै दीपेन्द्र रावतले २५, रविन्द्रजंग शाहीले १८ र सुनिल धमलाले १७ रन बनाउनुभयो ।

बलिङमा एपिएफका कमलसिंह ऐरी र अभिषेक गौतमले चार चार तथा कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो । जितसँगै एपिएफले ६ खेलबाट पाँच अङ्क बनाएको छ । कर्णालीको समान खेलबाट तीन अङ्क छ ।

यस्तै वीरगन्जमा जितका लागि जितका लागि दुई सय २८ रनको लक्ष्य पछ्याएको कोशी निर्धाति ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सात विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । गण्डकीको जितमा ओपनर अर्जुन कुमालले कीर्तिमानी शतक बनाउनुभयो ।

कोशीविरुद्ध एक सय दुई रन प्रहार गर्नुभएका कुमालले पिएम कपको इतिहासमा कम बलमा एक हजार रन पूरा गर्नुभएको हो । जितसँगै गण्डकीले ६ खेलबाट पाँच अङ्क बनाएको छ । पराजित कोशीको समान खेलबाट एक अङ्क छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्