एक्सक्लुसीभ

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी बर्तौला र बराललाई

काठमाडौँ । नेकपा एमालेको आज बसको बैठकले प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

बैठकले विघटित प्रतिनिधि सभाका क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई संसद् विघटनको विरोध गर्दै यसको पुनःस्थापनाको पक्षमा उभिन हार्दिक आह्वानसमेत गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्