डायस्पोरा

पोखराका मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

लेखनाथ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी आदेश मङ्गबार बिहान १० बजेबाट राति १० बजेसम्म जारी रहनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्कीको पोखरा महानगरपालिकाभित्र मुख्य क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।

पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोकस्थित चाइना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै विरौटा चोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै केआई सिंह पुलसम्मको क्षेत्र कर्फ्यू आदेश जारी भएको छ ।

पश्चिमतर्फ पोखरा महानगरपालिका वडा नं २ स्थित बाग्लुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बाग्लुङ बसपार्कसम्म र दक्षिणतर्फ पोखरा ६ स्थित हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै विरौटासम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

सोमबार पोखरामा भएको जेनजीको प्रदर्शनमा चार जना घाइते भएका थिए भने २९ जना पक्राउ परेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्