खेलकुद

पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल फुटबल टोलीलाई बिदाई

काठमाडौं  । स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाई गरेको छ ।

फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा पुष्प बिष्ट (ज्वाला) छन् । असार २३ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन टोली असार २१ गते फ्रान्स जाने छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि फ्रान्स दूतावासकी डेपुटी चिफ अफ मिसन एल्सा क्याली, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रममा अतिथिहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेको स्वस्तिश्री फुटबल टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्