राजनीति

पत्रकार टीकाराम राई श्रम संस्कृति पार्टीको सचिवमा मनोनित

काठमाडौँ । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किरातीको वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा पत्रकार टीकाराम राई रहेका छन् ।

सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टीका सचिव टीकाराम राईले जानकारी दिए । सचिव राईका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्