अमेरिका

नेपाल होन्डुरस, निकारागुआ र सेन्ट्रल अमेरिकाका ६० हजार मानिसहरूको टिपीएस कायम

पुरुषोत्तम ढकाल, लस-एन्जलस । क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले बिहीबार ट्रंप प्रशासनले खारेज गरेको नेपाल होन्डुरस, निकारागुआ र सेन्ट्रल अमेरिकाका झन्डै ६० हजार मानिसहरूको लागि (अस्थायी संरक्षित स्थिति) टेम्प्रोररि प्रोटेक्टेड स्टाटस (टिपीएस) कायम रहने आदेश गरेका छन् ।

नेपालबाट आएका अनुमानित ७ हजार आप्रवासीहरूको लागि अस्थायी संरक्षित स्थिति (टिपीएस) अगस्ट ५ मा समाप्त हुने समय तालिका थियो। र ५१ हजार होन्डुरनहरू र लगभग ३ हजार निकारागुआनहरूलाई २५ वर्षभन्दा बढी समयदेखि अमेरिकामा कानुनी रूपमा बसोबास गर्न र काम गर्न अनुमति दिने सुरक्षाको म्याद सेप्टेम्बर ८ मा समाप्त हुने तय भएको थियो। होन्डुरस र निकारागुआ दुवैले १९९८ को आँधीको नाउमा (टिपीएस) सुबिधा प्राप्त गर्दै आएका छन्।

टेम्प्रोररि प्रोटेक्टेड स्टाटस (टिपीएस) भनेको संयुक्त राज्य अमेरिकामा रहेका विभिन्न राष्ट्रियताका मानिसहरूलाई होमल्याण्ड सुरक्षा सचिवले प्रदान गर्ने अस्थायी सुरक्षा हो, जसले उनीहरूलाई देश निकाला हुनबाट रोक्छ र उनीहरूलाई काम गर्न अनुमति दिन्छ। ट्रम्प प्रशासनले आक्रामक रूपमा यो सुबिधा हटाउन खोजिरहेको थियो ।

टेम्प्रोररि प्रोटेक्टेड स्टाटस (टिपीएस) सुबिधाको खारेजी रिपब्लिकन प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गर्ने प्रयासको एउटा अंश हो, जसमा अवैध रूपमा अमेरिकामा रहेका मानिसहरूलाई केन्द्रित गरिएको छ भने मानिसहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिने सुरक्षाहरू पनि क्रमस हटाउदै लागिएको छ।

ट्रम्प प्रशासनले पहिले नै लगभग ३,५०,००० भेनेजुएला, ५,००,००० हैटियन, १,६०,००० भन्दा बढी युक्रेनी र अफगानिस्तान, नेपाल र क्यामरुनका हजारौं मानिसहरूको टिपीएस खारेज गरिसकेको छ। केहीको संघीय अदालतमा मुद्धा विचाराधीन छ।

राष्ट्रिय टिपीएस गठबन्धनका ब्याबसायीहरुका अनुसार होमल्याण्ड सेक्रेटरी कृष्टि नोएमका टिपीएस खारेज गर्ने निर्णयहरू ति देशहरूको अवस्थाको वस्तुनिष्ठ विश्लेषणमा आधारित थिएनन्।

‘उनीहरूले देश छोड्न दुई महिनाको समय दिएका थिए । यो भयानक छ, ‘मंगलबार भएको सुनुवाइमा वादीहरूका वकिल अहिलन अरुलानन्थमले भने।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्