खेलकुद

नेपाल स्ट्रिट प्रिमियर लिग क्रिकेट असोजमा

काठमाडौँ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पहिलो पटक एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिनुभयो ।

काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने लिगको खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि टोलीले बोल कबोलका आधारमा खेलाडी अनुबन्ध गर्नेछन् । प्रतियोगिताको टोलिले २१ लाख र उपविजेताले ११ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

अध्यक्ष सिंहले लिग उदीयमान खेलाडीका लागि बलियो आधार हुने बताउनुभयो ।  ‘स्ट्रिट देखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका युवा क्रिकेटरलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने आयोजकको दाबी छ ।

एनएसपीएलले यस प्रतियोगिताको विकास र विस्तारका लागि चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ ।

एम्बेसेडर सम्बन्धी सम्झौता पत्रमा सामेबार नै उप्रेती र अध्यक्ष सिंहले हस्ताक्षर गर्नुभयो । अभिनेता उप्रेतीले ब्राण्ड एम्बेसेडरको रुपमा एनएसपीएलमा आवद्ध हुन पाउनु आफ्नो लागि खुशीको क्षण भएको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्